News Portal

  • नेपाल बास्केटबलको सेमिफाईनलमा

    ३१४ पटक

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फ नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

    त्रिपुरेश्वरस्थित कभर्ड हलमा आइतबार (आज) भएको खेलमा माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

    पहिलो क्वाटरमा १८-१७ को अग्रता लिएको नेपालले दोस्रो क्वाटरमा २३-१२ को फराकिलो अग्रता बनायो । तेस्रो क्वाटरमा १७-११ को अग्रता बनाएको नेपाल अन्तिम क्वाटरमा भने १८-२२ ले पछि पर्यो ।

    समग्रमा ७६-६२ को जितसँगै नेपाल समुह उपविजेताको रुपमा सेमिफाईनलमा ठाउँ पक्का गरेको हो । सेमीफाईनलमा नेपालले अब भारतको सामना गर्नेछ ।

    प्रतिकृया दिनुहोस्