आज :

तेलङ्गना इन्काउन्टरमा प्रहरीले मारेका बलात्कारीको लाश सुरक्षित राख्न आदेश

काठमाडौं । हैदराबाद प्रहरीले गोली हानेर मारिदिएका ४ जना संदिग्ध बलात्कारीको शव सुरक्षित राख्न भारतीय अदालतले आदेश दिएको छ ।

प्रहरीको इन्काउन्टरमा मारिएका ४ जनाले २७ वर्षिय १ जना पशु-चिकित्सक युवतीलाई बलात्कार गरी जलाएर मारेका थिए ।

सो अपराधमा संलग्न चारै जनालाई प्रहरीले समातेर गोली हानी मारिदिएको थियो । बलात्कार गरी डाक्टर जलाउने चारै जनालाई प्रहरीले गोली ठोक्यो हत्या र बलात्कारमा संलग्नहरुलाई प्रहरीले गत शुक्रबार बिहानै फर्जी इन्काउन्टरमा मारिदिएको थियो ।

संदिग्धहरुको हत्यापछि भारतभर यो घटनाको पक्ष र विपक्षमा बहसहरु भएका छन् । यही मेसोमा तेलङ्गना उच्च अदालतले मारिएका सबैको शव भोली सोमबार राती ८ बजेसम्म सुरक्षित राख्न आदेश दिएको हो ।

महिला र मानवअधिकारका क्षेत्रमा काम गर्ने भनिएका संस्थाहरुले यस मामिलालाई लिएर अदालतमा याचिका दायर गरेका छन् । सो याचिकामाथि अदालतले भोली सुनुवाई गर्दैछ ।

संदिग्ध चारै जनालाई मारिदिएपछि प्रहरीमाथि गैरन्यायिक हत्या गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal