आज :

अनाजमण्डीमा आगलागी, ४३ जनाको जलेर मृत्यु

काठमाडौं । अनाजमण्डीमा लागेको आगोमा जलेर भारतमा ४३ जनाको मृत्यु भएको छ ।

राजधानी नयाँदिल्लीस्थित रानी झाँसी सडकमा रहेको अनाजमण्डीमा आइतबार बिहानै आगो लागेपछि ठूलो जनधनको क्षति भएको हो ।

अहिले आगलागी भएको स्थानमा दर्जनौं बारुणयन्त्र (दमकल) र अग्निनियन्त्रकहरु परिचालन गरिएको छ । आगोमा जलेर हालसम्म ४३ जनाको मृत्यु भैसकेको र जलेकामध्ये १५ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बिजुली ’सर्ट-सर्किट’ भएर आगो लागेको अनुमान गरिएको छ । अहिले आगो नियन्त्रणमा आईसकेको छ ।

सुरक्षाकर्मीहरुले आगलागीमा फसेका मानिसहरुको उद्दार गरिरहेका छन् । आगलागीमा परेका अधिकांश मानिसहरुको आधाभन्दा बढी शरीर जलेको छ । घाइतेहरुलाई दिल्लीका ४ वटा फरक-फरक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal