काठमाडौँ, कार्तिक १५ गते । वागमति प्रदेशका यृुवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जापान हुने विश्व क्योकुशिन कराँते फुल कन्ट्याक्ट प्रतियोगितामा भाग लिने खेलाडीलाई बिदाइ गर्नुभएको छ ।
काठमाडौँमा बिहीबार आयोजित शुभकामना आदानप्रदान तथा खेलाडी विदाई कार्यक्रममा उहाँले खेलाडीलाई पदकसहित नेपाल फर्कने खेलाडीलाई वागमति प्रदेशले उच्च समानका साथ नगद पुरस्कार दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खेलाडीलाई गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन र राष्टिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठले खेलाडीलाई पदकसहित नेपाल फर्कने गरी उच्च मनोबलका साथ प्रतियोगितामा भाग लिन आवश्यक भएको बताउनुभयो ।
विश्व क्योकुशिन काई कराँते महासंघका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा अफिसियल इन्द्र नेपाल, खेलाडीहरु मञ्जु विक र छबिलाल खड्का एक सातापछि जापान जाँदै हुनुहुन्छ । प्रतियोगिता नोभेम्बर १० मा जापानमा हुँदैछ ।