काठमाडौं । अमेरिकाको राष्ट्रपतिका रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले अर्की प्रतिस्पर्धी कमला ह्यारिसले जित तेस्रो विश्वयुद्ध हुने बताउँदै त्यसमा लाखौं मानिसहरुको ज्यान जाने बताएका छन् ।
आफ्नाे चुनावको करिब अन्तिम सम्बोधनको क्रममा ट्रम्पले ह्यारिस पूर्णतया अयोग्य भएको र यसका कारण उनी अमेरिकाको राष्ट्रपति बन्न योग्य नभएको पनि दाबी गरे ।
‘सबैलाई थाहा छ कि उनी पूर्णतया अयोग्य छिन् । कसैले उनलाई सम्मान गर्दैनन्, कसैले उनीमाथि विश्वास गर्दैनन्, कसैले उनलाई गम्भीर रूपमा लिँदैन’ ट्रम्पले भने ।
वर्तमान उपराष्ट्रपति समेत रहेकी कमलाले पनि ट्रम्प राष्ट्रपति बन्न अयोग्य भएको बताउँदै आफ्नो पक्षमा मत तान्ने प्रयास गरिरहेका छन् ।
यही नोभेम्बर ५ मा अमेरिकामा नयाँ राष्ट्रपतिको लागि चुनाव हुँदैँछ । सार्वजनिक सर्वेक्षणले ट्रम्पभन्दा कमलालाई अगाडि देखाएका छन् । तर अघिल्लो चुनावमा यी सर्वेक्षणको अनुमान फेल भएका थिए ।