आज :

दिमाग र हृदयमा अत्याधुनकि हतियारको प्रयोग भयोः भिम लिम्बु

  • अनलाइन डबली

काठमाडौं । भिमबहादुर लिम्बु खिमलाई लामो समयदेखि निरन्तर नेपाल प्रहरीको केन्द्रीय कार्यालयले आत्याधुनिक हतियार (दिमाग र हृदय) मा प्रयोग भएको आरोप लगाएका छन् । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी लिम्बुले कसको र कुन प्रयोजनको लागि प्रयोग गरेको हो त्यसको जानकारीसमेत माग गरेका छन् ।

आफूलाई पर्यटन पोर्टर भएको परिचय दिने धनकुटाका स्थायी निवासी लिम्बुले प्रहरी केन्द्रीय कार्यालयबाटै सञ्चालित र नियन्त्रीत स्याटेलाईटमार्फत निगरानीसमेत भइरहेको आरोप लगाएका छन् । काँह कसरी र कहिलेबाट प्रयोग हुन थालेको भन्ने पत्रकारको प्रश्नमा उनि भन्छन्,“मलाई हतियार प्रयोग भएको पत्ता लगाउन ७ वर्ष लाग्यो, थाहा पाएपछि प्रहरी हेडक्वाटरममा गएँ अनि डिआईजी सबाले समस्या हल हुने अस्वासन दिए पनि हतियारबाट छुटकारा पाएको छैन ।” ‘मलाई त्यसो गर्नुको कारण पनि नखुलाउने र न्यायको लागि बारम्बार माग राख्दा पनि कसैले सुनुवाई नगरेपछि मिडियामा आउनु पर्यो ।’ लिम्बुले थपे ।

कस्तो हतियार प्रयोग भएको भन्ने जवाफमा उनि ‘स्याटेलाईटबाट दिमाग र हृदयमा प्रहार भईरहेको’ बताउँ छन् । जसले गर्दा आफ्नो स्वास्थ्यमा गम्भिर समस्या समेत परिरहेको र ७ वर्षसम्म खाना खान पनि नसेको र मानसिक अवस्थामा पनि असर परेको उनले सुनाए ।

सो हतियारबाट छुट्कारा पाउन र क्षतिपूर्तिको लागि प्रधानमन्त्री र गृहमन्त्री र संयुक्त राष्ट्र संघलाईसमेत पत्र तथा ज्ञापन पत्र लेखेको जानकारी दिए । सरकारले नसुने अन्सनमा बस्नेसमेत जानकारी दिए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal