काठमाडौँ । “ नेपाल सम्बत न्हू दँ राज्य स्तर बात नै मनाइनु पर्ने ” , “ संघ , प्रदेश र स्थानीय सरकारले प्रचलनमा ल्याउनु पर्ने ” भन्ने मूल नाराका साथ तिमिला खलः ल्हुति र बाइसधारा युवा क्लबको मुख्य आयोजना तथा स्थानीय संघसंस्था श्री श्वेत विनायक गणेश संरक्षण समिति , श्री श्वेत विनायक गणेश जात्रा समिति , श्री श्वेत विनायक बाँसुरी ल्हुति संरक्षण समिति , श्री सितला माई भजन मण्डल , श्री सितला माइ धिमे खलः , वल वल पासा वल धिमे खलः , न्यागः मणि फेदि धां वाजं खलः ल्हुति , ल्हुति मिसा पुचः , नेवाः ग्वाहालि पुचः ल्हुति , नेवाः पुतुवार समाज , काली देवी बाजा खलः , बालाजु तेक्वाण्डो सह – आयोजक रहेको साँस्कृतिक भिन्तुना ऱ्यालि सम्पन्न भएको छ ।
१० वर्ष पछि तिमिला खलः ल्हुतिको मुख्य आयोजनामा नेपालको मौलिक सम्बत् नेपाल सम्बत् ११४५ नयाँ बर्ष न्हूदँ साँस्कृतिक भिन्तुना ऱ्यालि गरिएको हो ।
सो अवसरमा ८० वर्ष भन्दा बढि उमेरका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गर्दै जेष्ठ नागरिक राम भक्त मानन्धरज्यूले रिवन काटि ऱ्यालिको उद्घाटन गर्नु भएको थियो । सांस्कृतिक भिंतुना ऱ्यालि श्वेत विनायक मन्दिर बालाजुबाट शुरुवात भई विभिन्न ठाउँ परिक्रमा गर्दै सहभागीहरुले एक आपसमा नयाँ बर्षको सुभकामना आदान प्रदान गरे ।
समापन कार्यक्रममा उपस्थित भएका साँस्कृतिक परम्परागत बाजा समूह श्री श्वेत विनायक बाँसुरी ल्हुति संरक्षण समिति लाई बाइसधारा युवा क्लवले नगद सहित सम्मान गरे ।