आज :

ट्याक्टर दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

संखुवासभा । चिचिला गाउँपालिका ३ केराबारीमा ट्याक्टर दुर्घटनामा घाइते भएका ४ जना मध्ये एकको मृत्यु भएको छ ।

२ त ४३५९ नंबरको ट्याक्टर अनियन्त्रित हुँदा घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

दुर्घटनाबाट घाइते चैनपुर नगरपालिका-११ लुवाकोटका ३१ वर्षिय सुकल राईको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । घाइते सुकल राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जस्तापाता बाकेर सदरमुकाम खाँदबारीबाट पुखुवा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक खाँदबारी नगरपालिका-८ डाँडाका दिनेश तामाङ, सिलिचोङ गाउँपालिका-५ की प्रतिमाया राई र चैनपुर नगरपालिका-११ का सुक्ला राईसहित ४ जना घाइते भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal