आज :

धनगढीमा वित्तीय सम्मेलन सुरु

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा वित्तीय सम्मेलन सुरु भएको छ ।

वित्तीय सम्मेलनको उदघाटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका छन् । ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ प्रदेशमा वित्तीय पहुँचको सुनिश्चितता गर्ने उद्देश्यले आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो ।

प्रदेशलाई समृद्धिको बाटोमा लैजाने उद्देश्यले सरकारले वित्तीय सम्मेलन गर्न लागेको सुदूपश्चिम सरकारले जनाएको छ ।

वित्तीय पहुँचको सुनिश्चतता गर्ने, ससानो बचत परिचालन मार्फत पुँजी निर्माण गर्ने, प्रदेशवासीलाई आधुनिक बैंकिङ प्रणालीमा आबद्ध गर्ने र वित्तीय पहुँचका माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको मार्गमा अघि बढाउने सम्मेलनको उद्देश्य रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal