News Portal

  • रोकि राखेको टिपरमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

    २०७ पटक

    काठमाडौं । ललितपुरको एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

    बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नं।को टिपरमा बा ८७ प २२८५ नं।को स्कुटर ठोक्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षिय प्रतिमा केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिकृया दिनुहोस्