आज :

(साग) नेपाल फाइनलमा, स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्ने

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा नेपाली फुटबल टोली पुगेको छ ।

अब उपाधिका लागि नेपाल भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पोखरा रंगशालामा भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा माल्दिभ्सलाई ३-० ले हरायो ।

यो जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा पुगेको हो । खेलको १८ औं मिनेटमा पहिलो गोल गर्दै सावित्राले अनु लामाको सर्वाधिक गोलको रेकर्डलाई तोडेकी थिइन् ।

त्यसपछि उनैले २२ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालको अग्रता २-० मा पुर्याइन् । पहिलो हाफमा २ गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । उनले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने टिमलाई ३-० को जित दिलाएकी हुन् ।

भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ ।

यसअघि सन् २०१० र २०१६ मा यी २ टोली नै फाइनलमा भेट भएको थियो । १२ औँ सागमा फाइनलमा भारतले नेपाललाई ४-० ले हराएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal