आज :

भारोत्तोलनमा नेपाललाई संगीताको पहिलो कीर्तिमानी

काठमाडौं । नेपालकी संगीता राईले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कांस्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

पोखराको माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गरेकी हुन् ।

२६ वर्षिय राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लिन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।

सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन् । श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन र जर्कमा ८१ केजी भार बहन गरेकी हुन् ।

यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो । प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कांस्य जितेको छ । भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७ केजी भार बहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारेकी छिन् ।

हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् । बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कांस्यमा चित्त बुझाइन् ।

उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् । विजयीलाई बिहीबार नै पदक हस्तान्तरण गरिएको छ । ४ दिनसम्म चल्ने प्रतियोगितामा माल्दिभसबाहेक सबै देशको सहभागिता छ ।

भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ १०–१० तौल समूहमा प्रतिष्पर्धा हुनेछ । बिहीबार नै पुरुषतर्फ ५५, ६१ केजी तथा महिलातर्फ ५५, ५९ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal