आज :

इरानी राष्ट्रपतिले भने- अमेरिकासँग आणविक वार्ता गर्न तयार छौं

काठमाडौं । इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकासँग आणविक वार्ता गर्न आफूहरु तयार रहेको बताएका छन् । उनले त्याे भन्दा पहिले आफूहरुविरुद्ध लगाएको अवैधानिक आर्थिक प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने बताए ।

राष्ट्रपति रौहानीले सरकारी टेलिभिजनमा अन्तर्वार्ता दिँदै इरान सम्बन्धी अमेरिकी नीतिहरुमा फेरबदल आवश्यक रहेको समेत बताए । उनले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने पटकपटक दोहोर्‍याएका थिए ।

“पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो । इरानमाथि लगाइएका सबै गैरकानुनी, अन्यायपूर्ण र गलत प्रतिबन्धहरु फिर्ता हुनु पर्दछ, सकारात्मक परिवर्तनको साँचो वासिङ्टनको हातमा छ” राष्ट्रपति रौहानीले भने। उनले संयुक्तराज्य अमेरिकालाई सबैभन्दा ठूलो चिन्ताको विषयका रुपमा रहेको आणविक बम बनाउने कुरा इरानले पहिल्यै त्यागिसकेको पनि बताए ।

अन्तरवार्ताको क्रममा रौहानीले भने, “यदि अमेरिकी सरोकार सही हो भने यसलाई हामीले पहिल्यै सम्बोधन गरिसकेका छौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले जारी गरेको एउटा आदेशबाट यो कार्यान्वयनमा आइसकेको छ ।” उनले खामेनीले सन् २००३ मै आणविक हतियार नबनाउने बारेमा विशेष आदेश जारी गरिसकेको इरानी दाबी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal