आज :

५ जिल्लाका सीडीओहरुको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ ।

मंगलबार मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले पर्सा, भक्तपुर, चितवन, मकवानपुर र लमजुङका सीडीओहरुको सरुवा गरेको हो ।

गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् । भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर र मकवानपुरका सीडीओ प्रेमराज जोशीको भरतपुर महानगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतको रुपमा चितवन सरुवा गरिएको छ ।

त्यस्तै,गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा सरुवा भएकी छिन् । गृह मन्त्रालयले लमजुङका सीडीओ डा. डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal