आज :

प्रचण्डको अध्यक्षतामा पहिलो बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलो पटक बसेको छ ।

नेकपाको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ । पार्टी हाँक्ने जिम्मेवारी पाएपछि उनले पहिलो पटक बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो ।

बिहान ९ बजेका लागि बोलाइएको सचिवालय बैठक नियमित बैठककै रूपमा बोलाइएको हो । २०७५ जेठ ३ मा तत्कालीन एमाले-माओवादी केन्द्रबीच पार्टी एकता भएयता दाहालले पार्टीमा आफू पनि अध्यक्ष रहेको महसुस गर्न नसकेको बताउँदै आएका थिए ।

पार्टी बैठकको अध्यक्षता र सरकारको नेतृत्वसमेत ओलीले गरेपछि नेकपाभित्र दुई अध्यक्षको कार्य विभाजनको विषय टुंगो लगाइएको थियो । विधान अनुसार ३-३ बैठकमा छलफल हुने र स्थायी कमिटी बैठकको मिति र एजेण्डाबारे छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा उपनिर्वाचनको समिक्षा तथा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal