News Portal

  • अबैध काठसहित ट्याक्टर पक्राउ

    २६० पटक

    कैलाली । अवैध काठसहित ट्याक्टर पक्राउ परेको छ ।

    बर्दगोरिया गाँउपालिका ३ मा रहेको लाँलीगुरास सामुदायिक बन बाट अबैध रुपमा साल जातको काठ काटेर लैजाँदै गर्दा ट्रयाक्टरसहित काठ पक्राउ परेको हो ।

    सामुदायिक बनबाट अबैध काठ तस्करी भईरहेको सूचनाको आधारमा बर्दगोरिया सामुदायिक बन महासंघका अध्यक्ष टंक ओली सहितको टोलीले अबैध रूपमा काटिएको २ गोलिया साल जातको काठ सहति से.१ ट.२०७७ नम्बरको ट्रयाक्टरलाई पक्राउ गरेको हो ।

    पक्राउ परेको काठ र ट्रयाक्टर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रामपुर बौनियाँमा राखिएको छ । चालक भने फरार रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्