आज :

१० हजार मिटर दौडको स्वर्ण पदक सन्तोषीले जितिन्

काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् ।

उनले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । भारतकी कविता यादवलाई उछिन्दै उनले स्वर्ण जितेकी हुन् ।

सुरुबाटै अग्रता बनाएकी उनले अन्तिमसम्म त्यसलाई कायम गर्दै स्वर्ण जितिन् । लगातार पछ्याए पनि कविताले रजत जितिन् । उनले नेपालकी सन्तोषीलाई अन्तिममा उछिन्दै अग्रता बनाए पनि केही सेकेन्डले स्वर्ण नेपालको पक्षमा आयो ।

उनलाई १ मिलिसेकेन्डले उछिन्दै सन्तोषीले स्वर्ण जितिन् । १५ सय मिटरमा कास्य नेपालका लागि धावक टंक कार्कीले पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका छन् ।

मंगलबार भएको फाइनलमा टंकले निर्धारित दौड ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गर्दै कास्य जिते । दौडमा लामो समय पाँचौ स्थानमा रहेका उनले अन्तिम ल्यापमा उत्कृष्ट पुनरागमनसहित कास्य जिते ।

यसतर्फ भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्णका हकदार भए भने भारतकै अजीत कुमारले ३ मिनेट ५७.१८ सेकेन्डमा दुरी पुरा गर्दै रजत जिते ।

महिलातर्फ सरस्वती भट्टराई पाँचौ बनिन् । उनले दौडको १२ सय मिटरसम्म अग्रता बनाएर अन्तिम ल्यापमा पछि परिन् । श्रीलंकाकी कुबुरालागेले स्वर्ण जितिन् भने भारतकी चद्नाले रजत जितिन् ।

महिलाको १ सय मिटर दौडमा सरस्वती चौधरीले अन्तिम चरणमा प्रतिस्पर्धा गरे पनि पदकविहीन भइन् । उनले हिट चरणमा १२.५७ सेकेन्डमा दुरी पुरा गरेर शीर्ष आठमा समेटिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal