आज :

जिप दुर्घटना हुँदा १४ को मृत्यु, ३ जना घाइते

बागलुङ । बागलुङ जिल्लाको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए ।

उनका अनुसार ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका ३ जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य संस्था तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग १ ज ५२१९ नं.को जीपमा १८ जना सवार थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal