आज :

सागः उपाधिको लागि नेपाल र भारतका महिला भलिवल खेलाडी भिड्‍दै, आज १५ खेल हुँदै

काठमाडौं । जारी १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा आज नेपाल र भारतका महिला भलिवलका खेलाडी भिड्‍ने भएका छन् । महिलातर्फ उपाधिका लागि नेपाल र भारतका खेलाडी भिड्ने भएका छन् । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपालले भारत विरुद्धको उपाधि भिडन्त तय गरेको हो ।
भलिवल खेलाडीहरुका अनुसार नेपाल महिलाले उपाधि सम्भावना बढी रहेको दाबी गरिरहेका छन् ।

काठमाडौं र पोखरामा गरी आज १५ खेलका लागि भिडन्त हुँदैछन् । काठमाडौंमा एथलेटिक्स, पुरुष क्रिकेट, साइक्लिङ, पुरुष फुटबल, गल्फ, कराँते, खो खो, सुटिङ, लन टेनिस, टेबलटेनिस, तेक्वान्दो, भलिबल र उसुका खेलहरु हुनेछन् । यसैगरी ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथ्लनका खेलहरु पोखरामा हुनेछ । आज भलिबलतर्फका फाइनल खेलहरु हुँदैछन् ।

भारतले भने सेमिफाइनलमा माल्दिभ्सलाई पाखा लगाएको थियो । समूह चरणको खेलमा नेपाल र भारत भिड्दा भारत ३–० को सोझो सेटमा विजयी भएको थियो ।

आज नेपालललाई उक्त हारको बदला लिने अवसर जुरेको छ । भलिबलकै पुरुषतर्फ आज उपाधिका लागि भारत र पाकिस्तान भिड्दैछन् । यसैबीच फुटबल पुरुषतर्फ आज नेपालले भुटानको सामना गर्नेछ ।

समूहमा नेपालको यो पहिलो खेल हो भने भुटानको दोस्रो खेल हो । भुटानले हिजो भएको उद्घाटन खेलमा बंगलादेशलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal