आज :

कालापानी-लिपुलेक अतिक्रमणः नेकपाद्वारा दोस्रो चरणका संघर्षका कार्यक्रम, भारतीय दूतावास घेराउसहित  

काठमाडौँ  ।काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा भएको अतिक्रमणविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपाले मंसिर १५ देखि नयाँ कार्यक्रमसहित नेकपा सीमा अतिक्रमणविरुद्ध संघर्षमा उत्रेको छ ।

पार्टीका प्रबक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर दोस्रो चरणका कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रमअनुसार जुलुस प्रदर्शन, अन्तरक्रियादेखि भारतीय दूतावसमा धर्ना समेत रहेका छन् । त्यसैगरी ‘सीमा बचाउ अभियान’ ले सार्वजनिक गरेको नेपालको नक्सा प्रदर्शन गर्ने समेत नेकपाले जनाएको छ ।

प्रवक्ता प्रकाण्डले सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवाद सामु लाचार बनेको बताएका छन् । देशको माटो रक्षार्थ उठेको आक्रोस, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने लागेको आरोप पनि लगाएका छन् । उनले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्तिलाई सशक्त आन्दोलनको धक्काले पराजित हुने विज्ञप्तिमा भनेका छन् ।

पहिलो चरणका संघर्षका कार्यक्रम सकेको नेकपाले मंसिर महिनाभर दास्रो चरणका कार्यक्रमसहित सीमा अतिक्रमणविरुद्ध सडकमा निस्कने भएको छ । घोषित कार्यक्रमअनुसार मंसिर १५ गते जुलुस प्रदर्शन्, १७ गते काठमाडौंमा अन्तक्रिया, १९ गते सीमा बचाउ अभियानद्वारा जारि नक्सा प्रचार, २० गते नक्सा प्रदर्शन, २२ गते भारतिय दुतावास अगाडि प्रदर्शन, २४ गते ज्ञपनपत्र बुझाउने र २६ गते साहित्यिक कार्यक्रम गर्ने रहेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal