आज :

अखिल क्रान्तिकारीका अध्यक्ष विष्टसहित तीनजना विद्यार्थी रिहा 

काठमाडौँ । अखिल क्रान्तिकारीका काठमाडौं अध्यक्ष गोविन्द विष्टसहित तीनजना जना विद्यार्थी रिहा भएका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार सर्वोच्च अदालतको गेटबाट पुनः गिरफ्तार गरेको थियो ।

प्रहरीले गिरफ्तार गरी बन्दी गैरन्यायीक रुपमा बन्दी बनाएको भन्दै कमल विष्टले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले शुक्रबार रिहा गर्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशलाई लत्याउँदै प्रहरीले विष्ट र उनका आफन्त पर्ने निराजन बडुवाल र राजेश रावललाई पनि गिरफ्तार गरेको थियो ।

सर्वोच्चको आदेशबाट विष्ट रिहा हुने जानकारी पाएसँगै सर्वोच्चमा पुगेका दुई विद्यार्थीलाई पनि प्रहरीले विष्टसँगै गिरफ्तार  थियो । उनीहरुका मोटरसाइकल र मोबाइल पनि प्रहरीले सँगै लिएरको थियो । विष्टको आफन्त भएकै कारण गिरफ्तार गरेर दुईदिनसम्म बन्दी बनाइएको भन्दै आफन्तहरुले आपत्ति जनाएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले नेपालीभूमी कालापानी-लिपुलेक क्षेत्रमाथि भारत गरेको अतिक्रमणविरुद्ध कात्तिक २४ गते विरोध प्रदर्शन गरेको थियो । विरोध र्‍यालीमा काठमाडौंको माइतीघरबाट नयाँवानेश्‍वरतिर जाँदै गर्ला प्रहरीले हस्तक्षेप गरेको थियो । विरोध र्‍यालीमा सहभागी भएका विद्यार्थी नेताहरुलाई प्रहरीले बबरमहल पुग्दा  बल प्रयोग गरेको थियो ।

सीमा अतिक्रमणविरुद्ध गरेको विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी विद्यार्थीलाई गिरफ्तार गरेसँगै चौतर्फी सरकारको विरोध भइरहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal