आज :

मरे पनि सुख पाउँदिन जस्तो छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनयुद्धको जसअपजस लिन तयार रहेको बताएका छन् । उनले आफू मरेपनि सुख नपाउने भन्दै कारवाही भोग्न तयार रहेको बताए ।

काठमाडौंमा विस्तृत शान्ति सम्झौताको १३ वर्ष पुगेको अवसरमा द्वन्द्व पीडित साझा चौतारीसहितका संस्थाले गरेको कार्यक्रममा प्रचण्डले आफूले जनयुद्धलाइ शान्तिमा रुपान्तरण गर्न जोखिम मोलेको तर आफ्नो आलोचना भइरहेको बताए ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, “मैले मरे पनि सुख पाउँदिन जस्तो छ । मैले गरेको राम्रो कामको प्रशंसा र आलोचना गर्नेहरु मरेपछि हुने भए ।” जनयुद्ध आफ्नै पहलमा भएको बताउँदै जसअपजस लिन तयार रहेको भन्दै प्रचण्डले दोषी देखिए दण्ड भोग्न तयार रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी आफुहरुले नचाहेको र आममाफीको कुरा पनि नगरेको बताए । “गम्भीर मानवअधिकार उल्लंघन र ज्यादति गर्नेहरुलाई दण्डको घेरा लगिन्छ । कार्वाही गरिन्छ । यसमा ढुक्क रहनुहोस्” प्रचण्डले भने ।

कार्यक्रमा ऐन संशोधन नगरी सत्य निरपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग बनाइन खोजेकामा आपत्ति जनाएपछि प्रचण्डले ऐन संशोधन र आयोगलाई पूर्णता दिने बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारी कसैलाई पनि नदोहार्याउने प्रतिवद्धता पनि जनाए ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal