आज :

नेकपाले मंसिर ८ गते पार्टी पुनर्गठन र जनमुक्ति सेना दिवस मनाउँदै

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुर्नगठन दिवस मनाउँने भएको छ । यही मंसिर ८ गते नेकपाले देशभर विशेष कार्यक्रम गरी पार्टी पुर्नगठन दिवस मनाउन लागेको हो ।

२०७२ साल मंसिर ८ गते तत्कालिन नेकपा–माओवादीबाट विप्लवले नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो । त्यही दिनको सम्झनामा नेकपाले विविध कार्यक्रमको आयोजना गरेको छ । सोही दिन अर्थात २०५८ मंसिर ८ गते जनयुद्धको क्रममा जनमुक्ति सेनाको औपचारिक रुपमा घोषणा भएको थियो ।

औपचारिक घोषणासँगै जनमुक्ति सेनाले दाङस्थित तत्कालिन शाही नेपाली सेनामाथि फौजी महला गरेको थियो । त्यही सम्झनामा जनयुद्धभरी तत्कालिन नेकपा (माओवादी)ले राजनीतिक र फौजीका धक्का दिएर जनमुक्ति सेना दिवस मनाउँदै आएको थियो । नेकपाले अहिले पनि जनमुक्ति सेना दिवस मनाउँदै आएको छ ।

विप्लवले आठौँ महाधिवेशनमा पार्टीको नाम नेकपा र ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा पेश गरेका थिए । दुबै प्रस्ताव महाधिवेशनले पारित गरेको थियो ।
यसैबीच नेकपाको केन्द्रीय समितिले पार्टी स्थापना दिवसको अबसरमा एउटा पोष्टर सार्वजनिक गरेको छ । गाउँदेखि सहरसम्म पोष्ट टाँसिएको छ । त्यसैगरी भित्तेलेखन पनि गरिँदैछ ।

पार्टी पंक्ति, जनता, कार्यकर्ता, सहिद तथा वेपत्ता परिवारलाई शुभकामना नेकपाका महासचिव विप्लवले शुभकामना सन्देश दिने बताइएको छ । स्थानीय पार्टीले आफ्नो आ–आफ्नो अनुकुलतामा विभिन्न कार्यक्रम गरी पार्टी स्थापना दिवस मनाउने तयारी गरिरहेको बताइएको छ ।

यसैबीच नेकपाले एउटा अपील छापेर पनि बाँडिरहेको छ । उक्त अपील तथा पर्चामा मंसिर ८ गते गौरवपूर्ण दिन भएको बताइएको छ । “हाम्रा निम्ति यो सुखमय, पवित्र एवम् गौरवपूर्ण दिवस हो । यो सुखद दिवस हामी तपाईंहरूसँग मिलेर खुसी, उमङ्ग र भव्यताका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन चाहन्छौँ” भनिएको छ ।

सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएसँगै नेकपाले खुला कार्यक्रम गर्न पाएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal