आज :

न्यायको खोजी गर्दै द्वन्द पीडितहरुको प्रदर्शन

काठमाडौं । द्वन्द पीडितहरुले न्यायको खोजी गर्दै सरकारविरुद्ध आज (बिहीबार) प्रदर्शन भएको छ ।

बेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको भन्दै उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

विस्तृत शान्ति सम्झौंता पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रदर्शनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडकमाथि कडा कारवाही गर्न सरकारलाई पुन ः दवाव दिएका छन् ।

द्वन्द पीडित साझा चौंतारीका अध्यक्ष भागिराम चौंधरीले द्वन्दकालका पीडितलाई न्याय दिन र दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै १३ वर्ष पछि पनि विरोध प्रदर्शनमा उत्रनु परेको बताए ।

विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुग्दा पनि पीडितलाई न्याय दिने काम नगरेको भन्दै आक्रोश व्यक्त भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal