News Portal

  • प्रधानमन्त्रीको नयाँ निवास बन्दै

    १९१ पटक

    काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागले बालुवाटारमा प्रधानमन्त्रीको नयाँ निवास निर्माण सुरु गरेको छ ।

    पञ्चायतकालमा निर्मित पुरानो भवन भत्काई विभागले नयाँ बनाउन लागेको हो । भवनको लागत ३३ करोड ८० लाख रुपैयाँ छ ।

    नयाँ भवन नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको अर्को भवनमा बस्ने विभाग स्रोतले जानकारी दिएको छ ।

    निर्माण ठेक्का पाएको कन्टेक प्रालिले ०७८ भदौ ११ भित्र नयाँ भवन बनाइ सक्ने विभागले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्