आज :

धावनमार्गमा रोकिराखेको विमान नजिक चट्याङ

काठमाडौं । न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको छ ।

चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन् । इमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने सो तस्बिर विमानस्थलमै रहेको एउटा हेलिकप्टरका चालकले खिचे ।

उक्त कम्पनीले आफ्नो फेसबुक पेजमा आफ्नो झ्यालबाहिर त्यस्तो दृश्य देखिएको उल्लेख गर्दै तस्बिर पोष्ट गरको छ ।
उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो । न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो ।

क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हवाहुरी र अण्डाजत्रा असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । न्यूजील्यान्डको मेटसर्भिसले दुई घण्टाको अवधिमा उक्त क्षेत्रमा ७ सय वटा चट्याङ परेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal