आज :

भाईले दाईलाई गरे प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति गोताभा राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

श्रीलंकाका पुर्व प्रधानमत्री रनिल विक्रम सिंघले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति थिए ।

उनले भाइ गोताभायालाई रक्षामन्त्री बनाएका थिए । यसअघिका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यकालमा पनि उनी प्रधानमन्त्री थिए । गत शनिवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताभाय राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे दाजुभाईको भूमिका महत्वपूर्ण मानिन्छ । श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदैछ ।

नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal