आज :

सरकारले षड्यन्त्र गरेको आरोपः रेशम रिहा, पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट हिरासतमा

  • अनलाइन डबली

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी रिहा भएका छन् ।

फैसला कायान्वयनको लागि भन्दै सर्वोच्च अदालतका शाखा अधिकृतले पठाएको पक्राउ पत्र नै नक्कली भएको पुष्टि भएसँगै चौधरी रिहा भएका हुन् ।

राष्ट्रपतिले दिएका आममाफी विरुद्धको रिट निवेदन विचाराधीन अवस्थामा रहेकोले भएपनि सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरिएको छ । विष्टलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा राखिएको बताइएको छ ।

पक्राउ परेका विष्टले प्रहरीसँग टिकापुर घटनामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।

यसैबीच नागरिक उन्मुक्तिका नेताहरुले पार्टी एकता विथोल्न सरकारले नै षड्यन्त्र गरेको बताएका छन् । केही दिन पहिले नै पार्टी एकता रोक्न सरकारबाटै धम्की आइरहेको नेताहरुले बताएका छन् ।

‘पार्टी एकता रोक्न धम्की आइरहेको थियो, मधेसी र थारुबीच एकता हुन नदिन सरकारको नेतृत्वकर्ता एमालेकै नेताहरु लाग्नुभएको थियो । त्यो पूरा नभएपछि सर्वोच्चका कर्मचारीलाई पत्र लेख्न लगाइयो’ एक नेताले भने ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal