आज :

सर्वोच्चमै गडबडीः रेशम चौधरी छुट्दै, नागरिक उन्मुक्ति ओली सरकारबाट बाहिरिँदै

  • अनलाइन डबली

काठमाडौं । रेशम चौधरीलाई पक्राउ गर्नु भन्दै सर्वोच्च अदालतले फैसला कार्यान्वयनको लागि भनि पठाइएको पत्रमाथि नै प्रश्न उठेको छ । सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट जारी भएको पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।

प्रहरीले सोही पत्रका आधारमा चौधरीलाई पार्टी एकता कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो । सर्वोच्चले पक्रिया पूरा नगरी पत्र पठाएको भन्दै प्रश्न उठ्न थालेपछि छानबिन हुँदा मुद्दाको प्रक्रिया नै यथावत् रहेको भेटिएको छ । मुद्दा विचाराधीन भएको अवस्थामा अहिले पत्र जारी भएको भेटिएको छ ।

फैसला कार्यान्वयनको लागि पठाउँदा पनि सर्वोच्चले कैलाली जिल्ला अदालतलाई पत्र पठाउनु पर्नेमा सिधै प्रहरीलाई पत्र पठाइएपछि केही गडबड भएको नागरिक उन्मुक्ति पार्टीका नेताहरुले बताएका छन् ।

रेशमलाई छुटाउन पनि पहल थालिएको छ । सर्वोच्चद्वारा जारी भएको भनिएको पत्र गडबड देखिए र मुद्दा विचाराधिन अवस्थामै रहेकोले उनी छुट्न लागेका हुन् ।

यसैबीच नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारबाट बाहिरन लागेको पुष्टि गरिन् ।
सरकारलाई दिएको समर्थन फिर्तासँगै ओली नेतृत्वको वर्तमान सरकारबाट उन्मुक्ति पार्टी बाहिरन लागेको हो ।

नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal