आज :

रेशम चौधरी डिल्लीबजार कारागारमा, अब के हुन्छ उन्मुक्ति र जनमतकाे एकता ?

  • अनलाइन डबली

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो ।

पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो ।

उनी एकता कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर हो ।

कैलालीको टिकापुरमा भएको घटनामा चौधरीलाई सर्वोच्च अदालतले कैदको फैसला सुनाएको थियो ।

त्यो फैसला कार्यान्वयनका लागि जेलमा रहेका बेलामा सरकारले उनलाई आममाफी दिएपछि छुटेका थिए । उनी छुटेपछि आएको फैसलाको पूर्णपाठमा उनलाई आममाफी दिन नमिल्ने लेखिएको थियो ।

चौधरी पक्राउसँगै आज हुने भएको एकता कार्यक्रम स्थगित भएको छ । जनमतका अध्यक्ष सीके राउतले थारु र मधेसी जनतालाई मिल्न नदिन पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

अब पार्टी एकता के हुन्छ भन्ने अन्यौलता छाएको छ । प्रारम्भिक प्रतिक्रिया दिँदै नेताहरुले एकता नरोकिने बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal