आज :

राष्ट्रिय वाणिज्य बैंकद्वारा राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारसहित बधाई तथा सम्मान गरेको छ । पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको टीमलाई सोमबार एक कार्यक्रमबीच सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्य निर्मलहरी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर अगाडि देखिनै सहयोग गरेको बताए । उनले कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए । कार्यक्रममा संचालक समिति सदस्य अधिकारीले बैंकले भलिबललाई विगतदेखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए ।

हालै बंगलादेशमा सम्पन्न भएको Asian Central Zone Senior Women Volleyball प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएको थियो ।
नेपाल भलिबल संघका अध्यक्ष मनोञ्जन शर्माले बैंकले गरेको सहयोगकोे गुन संघले सुनले तिर्ने बताए । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच च्द्यद्य(ल्ख्ब् राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्षदेखि रहँदै आएको छ ।

ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेको कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंकभित्र क्रियाशिल युनियनका अध्यक्षहरु, मुख्य प्रशिक्षक जगदीश भट्ट, विजयी टिमका खेलाडीहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायत पदाधिकारी को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal