आज :

बेपत्ता पत्रकार खड्काको १४ महिनापछि अवशेष भेटियो !

धनगढी । बेपत्ता बाजुराका पत्रकार तेजु खड्काको अवशेष भेटिएको छ । गत वर्ष भदौ ९ गते बाजुराकै बुढीनन्दा दर्शनका लागि गएका पत्रकार खड्का हालसम्म पनि बेपत्ता थिए ।

खड्कको १४ महिनापछि जिल्लाको लौरी विनायक भन्ने स्थानमा स्थानीयले अवशेष भेटाएको दाबी गरेका छन् । उक्त स्थानबाट उनको पर्स र झोला लगायतका सामान भेटाएको स्थानीयले बताएका छन् ।

पत्रकार खड्काको परिचयपत्रसहितका सामान भेटिएपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए । खड्काको परिचयपत्रसँगै लाइसेन्स पनि भेटिएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । उक्त जानकारीपछि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरीको एक टोली उक्त स्थानतर्फ गएको थियो ।

हिडेर उक्त स्थानमा पुग्न दुईदिन लाग्ने भएकोले प्रहरीको टोली अझै पुग्न सकेको छैन । भेटिएको भनिएको उक्त सामान पहिचान गर्न सजिलो होस् भनेर प्रहरीले स्थानीय पत्रकार र स्थानीयबासीलाई समेत सँगै लगेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal