आज :

प्रदेश नं.३ को लोकसेवा आयोगका अध्यक्षद्वारा शपथ तथा पदभार ग्रहण

हेटौंडा । प्रदेश नं.३ को प्रदेश लोकसेवा आयोगका अध्यक्ष शुरेसमान श्रेष्ठले शपथग्रहण गरेका छन् ।

सोमबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथग्रहण गराए । नेपाल सरकारको निजामती सेवामा ३२ वर्ष काम गरेका श्रेष्ठलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँसहितको प्रदेश लोकसेवा आयोग सिफारिस समितिले आयोगको अध्यक्षमा कात्तिक २८ गते सिफारिस गर्ने निर्णय गरेको थियो ।

अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरिए पनि महिलासहित २ जना सदस्य भने प्रदेश सरकारले सिफारिस गर्न बाँकी छ । आयोगको अध्यक्षमा सिफारिस भएका श्रेष्ठलाई प्रदेश प्रमुखले नियुक्त गर्ने प्रावधान छ ।

निष्पक्ष ढंगले कर्मचारी नियुक्त हुन्छन् नवनियुक्त अध्यक्ष श्रेष्ठले प्रदेश लोकसेवा आयोग निष्पक्ष ढंगले अगाडि बढ्ने बताए । शपथग्रहणपछि पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा आयोगका अध्यक्ष श्रेष्ठले कसैलाई काखा, कसैलाई पाखा नगरी काम गर्ने बताए ।

उनले भने ‘लोकसेवा आयोगले निष्पक्ष ढंगले जसरी सक्षम व्यक्तिहरुलाई कर्मचारीको रूपमा छनोट गर्दै आएको छ, त्यसरी नै आगामी दिनहरुमा काम हुनेछ ।’ उनले आज नै प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal