आज :

सुरक्षाकर्मीलाई विप्लवको आग्रहः उक्साहटमा लागेर दमन नगर्नुहोस्

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सुरक्षाकर्मीलाई उक्साहटमा लागेर आफ्नो पार्टीमाथि दमन नगर्न आग्रह गरेका छन् । विप्लवले सरकारको उक्साहटमा लागेर आफ्नो पार्टी र जनतामाथि दमनमा नत्रिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आग्रह गरेका हुन् ।

उपनिर्वाचन बाहिस्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा विप्लले भनेका छन, “देशैभरि निरङ्कुशता र सर्वसत्तावादी फासिवादी सरकारको उक्साहटमा लागेर जनता र हाम्रो पार्टीविरुद्ध दमनमा सहभागी नबन्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्दछौँ ।”

वर्तमान व्यवस्थामा हुने कुनै पनि चुनावले जनताका आकांक्षा पूरा गर्न नसक्ने भन्दै विप्लवले बहिस्कार गर्न अपील समेत गरेका छन् । भारतले नेपालीभूमी अतिक्रमणविरुद्ध जनता सडकमा भएको बेला जनता झुक्याउन चुनावको नाटक मंचन गरेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले सामाजिक दलाल सासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचन गर्न लागिएको भन्दै सशक्त बहिस्कार गर्न राष्ट्रवादी शक्ति र उत्पीति समुदायललाई अपील गरेका छन् ।

“वर्तमान सामाजिक फासिवादी सरकारले यही मङ्सिर १४ गते कथित उपनिर्वाचनको घोषणा गरेको छ । भारतीय साम्राज्यवादले नेपालको जमिन मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसका विरुद्ध देशभक्त जनता सडकमा उत्रिएका छन् । हाम्रो पार्टीले सबै देशभक्त शक्तिलाई उक्त सङ्घर्षमा उत्रिन पनि आह्वान गरिराखेको छ । आफूलाई खाँट्टी राष्ट्रवादी भएको भन्दै आएको केपी सरकारले यति ठूलो राष्ट्रघात हुँदा पनि भारतीय साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरेको छ” विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । लोकतन्त्रको वकालत गर्न सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएकोले आफ्नो पार्टीले उपचुनावको सशक्त बहिष्कार गर्ने निर्णय गरेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा सरकारले गरेको राष्ट्रघात, महंगी, भ्रष्टाचार, बेरोजगारीलाई संसदीय चुनावहरूले समाधान गर्न नसक्ने भन्दै श्रमिक तथा उत्पीडित वर्ग, सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई यो चुनाव बहिष्कार गर्न पार्टी अपील गरेका छन् ।

सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाएकोले चुनावका सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने विप्लवले विज्ञप्तिमा भनेका छन् । “विगत आठ महिनादेखि यो सामाजिक फासिवादी दलाल सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरेको छ । उक्त प्रतिबन्धको चौतर्फी विरोध हुँदाहुँदै पनि हत्या हिंसा र गिरफ्तारी जारी राखेको छ । यो सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तसर्थ आमजनतालाई सरकारी पार्टीका चुनावी कार्यक्रमहरूमा सहभागी नबन्न विशेष अनुरोध गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal