आज :

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।

अनटेस्ट पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना ३ ख १४२४ नं.को ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका-३ देखतभूलीका २४ वर्षिय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घाइते भएका दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal