आज :

भारत क्षेत्रीय शत्रु हो, लिपुलेक-कालापानीमा रगत बगाउन तयार छौंः सुशील

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ले भारत छिमेकी भन्दापनि शत्रुको रुपमा आएको बताउँदै सीमा सुरक्षाको लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै सुशीलले भने, “भारत क्षेत्रीय शक्ति होइन शत्रुको रुपमा आएको छ, प्रतिवाद नगरी नेपाली सीमाको सुरक्षा हुँदैन । उनले भारतले नेपालसहित सबै छिमेकी देशहरुसँग शत्रुको व्यवहार गरेको बताउँदै सबै एकजुट हुनुपर्ने बताए ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमी भएको तर नेपाली नेताको दलाली र चाकरीकै कारण भारतले अतिक्रमण गर्दै आएको शुसीलले बताए । नेपालका शासकहरु कुर्सी गुम्ने खतरा देख्ने गरेकै कारण भारतीय अतिक्रमण जारी रहेको बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी हेपाहा भएको भन्दै सुशीलले भने, “भारतका वर्तमान वर्तमान प्रधानमन्त्री यसअघिका भन्दा बढी हेपाहा देखिए । पहिलो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दी गरे भने दोस्रो पटक प्रधानमन्त्री भएपछि नेपालीभूमी समेटेर नक्सा बनाउन लगाए ।” उनले भारतसँग अब पनि नेपाली नेताहरु डराए अतिक्रमण अझै बढ्ने भन्दै राष्ट्रियताको विषयमा सबै एक हुनुपर्ने बताउँदै आवश्यक परे रगत बगाउन तयार हुनुपर्ने बताए ।

जनयुद्धमा भारतीय दादागिरी र अतिक्रमणविरुद्ध सुरुङ युद्ध थालेको तर नेताहरुकै दलालीका कारण राष्ट्रियताको आन्दोलन कमजोर भएको शुसीलको भनाई छ । कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्ने बताउँदै नेपाली सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने बताए । उनले नेपालको सीमा लिम्पियाधुरासम्म भएको बताउँदै गुमेको भूमी फिर्ताको लागि त्रिदेशी वार्तादेखि संयुक्त राष्ट्रसंघमा समेत पुग्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal