आज :

भैरव रिसाल भन्छन्-जनगणना गराउने म जिउँदै छु, लिपुलेक-कालापनी कसरी भारतको हुन्छ ?

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालले आफूले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा आफूले जनगणना गराएको बताए । उनले उक्त क्षेत्र नेपालकै हो भन्ने प्रमाण आफूले दिन तयार रहेको भन्दै कालापानीबाट भारतीय सेना हट्नु पर्ने बताए ।

संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै रिसाले वि.सं. २०१७÷१८ मा लिपुलेक, कालापानी क्षेत्रमा जनगणना गराएको स्मरण गर्दै भने, “त्यो बेला हिन्दूस्तानी कोही थिएनन् । नेपालीहरु मात्रै थिए । हामीले गणना गरेका नेपाली अहिले भारतीय भएका छन् ।” उनले नेपालीभूमी फिर्ताको लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै रिसालले सुगौली सन्धी नै अवैधानिक भएको दाबी गरे । तत्कालिन राजाले हस्ताक्षर नगरेकोले सुगौली सन्धी अवैधानिक भएको भन्दै रिसालले नेपालले मानिराख्नु पर्छ भन्ने बाध्यता नभएपनि पनि मान्दै आएको बताए ।

“सुगौली सन्धीमा राजाले हस्ताक्षर नगरेकोले त्यो अवैधानिक छ भन्ने मेरो दाबी छ । तर, मान्दै आयौं त्यही आधारमा पनि लिम्पियाधुरादेखि यताको जमिन नेपालकै हो । सुगौली सन्धीमा कालीपारीको भूभाग नेपालको भनिएको छ, कालीको मुहान लिम्पियाधुरा नै हो । त्यसैले लिम्पियाधुरादेखि यताको सबै भूभाग नेपालकै हो” रिसालले भने । भारतले नक्कली काली नदी तयार गरेर नेपालीभूमी कब्जा गरेको रिसालले बताए ।

पानीको सतह र जलाधार क्षेत्रको हिसाबले नै मुख्य नदी र साहयक नदी छुट्याउने गरिएको भन्दै रिसालले लिम्पियाधुराबाट बग्ने नदीमा ५२ सय घनलिटर पानी प्रति सेकेण्डमा बग्ने भएकोले महाकालीको मुहान लिम्पियाधुरा भएको बताए । भारतले बनाएको नक्कली काली नदीमा २२ सय घनलिटर मात्रै पानी बग्ने गरेको बताउँदै रिसालले यो आधारमा लिम्यिाधुराबाट आएको नै मुख्य नदी भएको बताए ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालीभूमी भएको प्रमाण सुरक्षति भएको बताउँदै रिसाले भने, “कालीपूर्व हाम्रो भूमी हो भन्ने हामीसँग धेरै प्रमाण छन् तत्कालिन बैतडी र हालको दार्चुला मालमा तिरो तिरेको रसिद सुरक्षति छ, जनगणना गराएको म जिउँदै छु, नक्सा छन् ।”

भारतले सार्वजनिक गरेको नक्सा खारेज लिनुपर्ने, कालापानीबाट सुरक्षाकर्मी हटाउने पर्ने माग राख्दै रिसालले नेपाली सुरक्षाकर्मी पनि कालापानी, लिपुलेकमा तैनाथ गर्नुपर्ने बताए । उनले अब नेपालीभूमी फिर्ता ल्याउन उठेको आवाजलाई रोक्न नहुने बताए ।

भारतले सीमा राखेका सुरक्षा पोष्ट हटाएकै कारण तत्कालिन प्रधानमन्त्री किर्तिनिधी विष्टले एकवर्षमै हट्नु परेको स्मरण गर्दै त्यो आट अबको प्रधानमन्त्रीले गर्नुपर्ने धारणा राखे ।

पोखरामा केही दिनपछि हुन लागेको सीमा समस्या समाधानबारे नेपाल–भारतबीच पोखरामा हुन लागेको बैकमा लिपुलेक, कालापानी एजेण्डा नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले भारतीय सार्वजनिक गरेको नक्साको विषयमा कुरा उठाउनु सुझाव समेत दिए ।

कार्यक्रम बोल्दै रिसालले नेपाल सरकार लोशे भएकै कारण भारतले सीमा अतिक्रमण गर्दै आएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोशे नबन्न सुझाव समेत दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal