आज :

प्रचण्डका घरभेटी अधिकारीलाई ‘बाँदर र कुकुरसँग’ तुलना, नगरकोटबासी विरोधमा

काठमाडौं । ठेकेदार शारदप्रसाद अधिकारीलाई नगरकोटबासीले बाँदर र कुकुरसँग तुलना गर्दै केही दिनदेखि पोष्टरिङ गरेका छन् । अधिकारीले सडकको ठेक्का लिएर पनि समयमै काम सम्पन्न नगरेकोले स्थानीय आक्रोसित भएका छन् । उनीहरुले संघर्ष समिति बनाएर विरोधमा उत्रेका छन् ।

ठेक्का लिएर पनि सात वर्षसम्म सडक नबनाउने ठेकेदारलाई चिनाउन स्थानीय युवाहरुले नयाँ शैली अपनाएका हुन् । काम नगर्ने शैलुङ कन्स्ट्रक्सन प्रा.लि.का मालिक अधिकारीलाई सबैले चिनाउने आफूहरुले यसो गरेको स्थानीयको भनाई छ ।

स्थानीयले नगरकोटसम्म चल्ने सार्वजनिक र निजि सवारी साधनहरुमा अधिकारीको फोटो टँसेका छन् । पसल, घर र रुखहरुमा पनि पोष्टर टाँसिएका छन् ।
अधिकारीको फोटो बादर र कुकरसँग तुलना गर्दै सँगै फोटो राखेर सानाठूला साइजका प्रिन्ट गरिएको पोष्टर टाँसिएका छन् ।

सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको र सडकका हिलो धुलोले नगरकोट जाने पर्यटकमात्रै होइन स्थानीयलाई समेत असर पुगेको छ । पर्यटन वर्ष सुरु हुनै लाग्दासमेत सात वर्ष पहिले ठेक्का सम्झौता भएको सडक बन्ने छाट नदेखिएपछि स्थानीय आक्रोसित भएका हुन ।

कमलविनायक–नगरकोट सडकखण्ड मात्र १७ किलोमिटर लामो रहेको उक्त सडकको सम्झौता २०७० सालमा भएको थियो । सम्झौताअनुसारको ३७ करोड लाख रुपैयाँमा लिएर पनि ठेकेदार अधिकारीले सडक अलपत्र छोडेका छन् । पटकपटक म्याद थपेर पनि सडक अपपत्र छोडेपछि स्थानीय विरोधमा उत्रेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal