आज :

सर्वोच्चद्वारा अखिल क्रान्तिकारीका अध्यक्ष विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थित गराउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्दसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थिति गराउन आदेश दिएको छ । विष्टका भाई कमल विष्टले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सो आदेश दिएको हो ।

विष्टले प्रहरीले गैरन्यायीक रुपमा गिरफ्तार गरी हिरासतमा राखेको भन्दै रिहाईको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले विहीबार उक्त आदेश दिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौं अध्यक्ष विष्टसँगै प्रहरीले शंकरदेव क्यापसमा अध्ययनरत कालिकोटका दयाराम तुवार, सरस्वती बहुमुखी क्याम्पसमा अध्ययनरत नवलपरासीका प्रदिपबाबु भट्टराई, पशुपति क्याम्पसमा अध्ययनतर कैलालीका मेघेन्द्र न्यौपानेलाई प्रहरीले यही कात्तिक २४ गते प्रहरीले माइतीघरबाट गिरफ्तार गरेको थियो । चारैजना बन्दीलाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा अदालतमा आदेश दिएको छ ।

विष्टसहित चारैजनाको तर्फबाट वरिष्ठ अधिबक्ता एकराज भण्डारी र अधिबक्ता कपिलचन्द्र पोखरेलले बहस गरेका थिए । भारतले नेपालीभूमी मिचेको विरोधमा शान्तिपूर्ण विरोध कार्यक्रमबाट प्रहरीले गिरफ्तार गर्नु संविधान र कानुन विपरित भएको भन्दै दुबैजना कानुन व्यवसायीले रिहाई गर्नुपर्ने माग गरेका थिए । उनीहरुले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको दाबी गरेका थिए ।

चारैजना विद्यार्थीलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गमा राखिएको छ । सोही दिन गिरफ्तार गरिएका अन्य विद्यार्थीलाई रिहाईको माग गर्दै आजै सर्वोच्च अदालतमा अरु दुईवटा रिट परेका छन् । लिपुलेक-कालापानी क्षेत्रला समेटेर भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेसँगै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको थियो । प्रहरीले उक्त कार्यक्रममा हस्तक्षेप गरेर दुईदर्जन विद्यार्थीलाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal