आज :

सौताको विभत्स हत्या

काठमाडौं । एक महिलाले धारिलो हतियार प्रहार गरी आफ्न सौताको विभत्स हत्या गरेकी छिन् ।

चक्रघट्टा गाउँपालिका ४ सर्लाहीकी ३५ वर्षिय कोरैसा खातुनले २२ वर्षिय खुर्सिदा खातुनको हत्या गरेकी हुन् । मंगलबार साँझ कोरैसाले खुर्सिदाको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘घरभित्रै पराल काट्ने फलामको धारिलो हतियारले शरिरका विभिन्न अंग काटेर टुक्रा टुक्रा पारेको रहेछ’ प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराइले जानकारी बताए । उनका अनुसार विभत्स ढंगले हत्या गरी टुक्रा टुक्रा पारेको शवलाई झोलामा हालिएको रहेछ । शव फाल्न लागेको समयमा प्रहरीले कोरैसालाई पक्राउ गरेको हो ।

स्थानीय बासिन्दाका अनुसार दुई सौताबिच बेला बेला झगडा हुन्थ्यो । श्रीमान शेख बलाल वैदेशिक रोजगारीका लागि घरबाट हिंडेको ४ दिनपछि घटना घटेको हो । घरमा एक अशक्त सासु मात्रै छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal