आज :

माओवादी नेता विष्ट भन्छन्-लिपुलेक-कालापानीमा नेपाली सेना तैनाथ गरेर भारतसँग वार्ता गर्नुपर्छ

काठमाडौँ । माओवादी नेता लोकेन्द्र विष्टमगरले नेपालीभूमी लिम्पियाधुरा, लिपुलेक र कालापनीमा नेपाली सेना तैनाथ गरेर भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् । उनले सरकारलाई सीमामा नेपाली सेना तैनाथ गरेर मात्रै भारतसँग वार्ता गर्न सुझाव दिएका हुन् ।

केही दिन पहिले भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालीभूमी लिपुलेक, कालापानी क्षेत्र समेटिएपछि सीमामा नेपाली सेना परिचालनको चर्चा चलिरहेको बेला विष्टको सो भनाई आएको हो । सामाजिक संजालमा विष्टले लेखेका छन्, “नेपाल सरकार भन्ने जिनीसले नेपाली सेनालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमामा तैनाथ गरेर मात्र भारतसँग वार्ता गर्नुपर्छ ।”

सडकदेखि सदनसम्म यतिबेला मिचिएको नेपालीभूमी फिर्ताको लागि आवाज उठिरहेका छन् । तर, सरकारले कुटनीतिक पहल गरेको छैन । उसले भारतले आफ्नो नक्सामा समेटेको भूमी नेपाली भएको औपचारिक धारणा सार्वजनिक मात्रै गरेको छ । सीमाविदहरुले भारतीय अतिक्रमणलाई अन्तर्राष्ट्रिय अदालतसम्म लैजानु पर्ने बताइरहेका बेला सत्तारुढ (नेकपा)का अध्यक्ष प्रचण्डले भने अहिले नै त्यो बेला नभएको बताएका छन् । उनले संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै पहिला वार्ता र कुटनीतिक पहल गर्नुपर्ने बताए । प्रचण्डको यो भनाईको पनि विरोध भइरहेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सीमा अतिक्रमणको विरोधमा आजसम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ । उसले भारतीय नक्सा, प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेदेखि संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाउनेसम्मका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
भारतले नेपालीभूमी आफ्नो नक्सामा समेटेको विरोधमा अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेर दुई दर्जन विद्यार्थीलाई गिरफ्तार गरेको छ । उनीहरुलाई सबैलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal