आज :

लिपुलेक-कालापानी अतिक्रमणको विरोध प्रदर्शनमा जाँदा बम विस्फोटको मुद्दा

काठमाडौँ । भारतले कालापानी, लिपुलेक क्षेत्रमा गरेको सीमा अतिक्रमणको विरोध गर्दै गर्दा एक विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

अछाम पञ्चदेवल विनायक नगरपालिका निवासी छत्र बिकलाई बम विस्फोट मुद्दा लगाइएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्ययको इजलाशले बिकलाई अनुसन्धानको लागि पुर्पक्षामा पठाउन आदेश दिएको छ । बिकको उमेर १७ वर्ष मात्रै भएकोले पुर्पक्षाको बाल विकास केन्द्र पठाउने अदालतले आदेश दिएको हो ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले यही २४ गते लिपुलेक-कालापानीमा भारतीय अतिक्रमणविरुद्ध गरेको विरोध प्रदर्शनको क्रममा माइतीघरबाट बिकलाई प्रहरीले गिरफ्तार गरेको थियो । गत जेठ १२ गते अनामनगरको घट्टेकुलामा भएको बम विस्फोटमा जोडेर बिकलाई सो आदेश दिएको हो ।

बिकको तर्फबाट अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तीराम ढुंगानाले बहस गरेका थिए । उनीहरुले उक्त घटनामा बिक निर्दोष भएको दाबी गर्दै नाबालक भएकोले धरौटीमा रिहा गरेर अनुसन्धान गर्न माग गरेका थिए ।

अदालते बिकलाई अदालतले भक्तपुरस्थित बाल विकास केन्द्र पठाउने आदेश दिएको छ । नावलक भएकोले कानुनी उपचार बाँकी रहेको बताइएको छ ।
अदालतमा बिकले बयनको क्रममा उक्त बम विस्फोटसँग आफ्नो संलग्नता नभएको बताएका थिए । उनले कोठा आफ्नो भएको तर त्यो दिन आफू आफन्तकहाँ गएको बयन दिएका थिए ।

“कलेजमा चिनजान भएका दाईहरुले हामी दिउँसो बस्छौ भन्नुभयो, मैले चावी दिएर गएँ । पछि बम विस्फोट भयो भन्ने सुनियो । डरले त्यो दिनदेखि कोठामा गइन्” बिकले बयनको क्रममा भनेका थिए ।

बम विस्फोटमा परी प्रज्ज्वल शाहीको मृत्यु भएको थियो भने रविन केसी घाइते भएका थिए । केसीलाई पनि दोषी भन्दै प्रहरीले अस्तापलबाटै गिरफ्तार गरेको थियो । अदालतले केसीलाई पुर्पक्षाको लागि जेल चलान गरेको थियो ।

प्रहरीले बम विस्फोट भएको कोठाबाट बिकको नागरिकता बरामद गरेको थियो । त्यही आधारमा उनलाई प्रहरीले बम विस्फोटविरुद्धको मुद्दामा फरार सूचीमा राखेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal