आज :

नेपाली चेलीको चुनौती-मोदीजी बरु गर्धन छिनिएला तर लिपुलेक-कालापानी छोड्दैनौं (भिडियोसहित)

काडमाडौं । भारतले नेपालीभूमी मिचेर राजनीतिक नक्सा सार्वजनिक गरेसँगै नेपालभर विभिन्न रुपमा विरोध भइरहेको छ । सडकदेखि सदनसम्म भारतीय कदमको विरोध भइरहेको छ ।
नेपाली नागरिकहरुले सबैले आफूले सक्ने तहको विरोध गरिरहेको संचारमाध्यम र सामाजिक संजालमा देख्न पाइन्छ ।

यसैबीच एक नेपाली चेलीले भिडियो सन्देशमार्फत भारतीय कदमको विरोध गरेकी छन् । उनले नेपालीभूमी कुनैपनि हालतमा भारतले हड्प्ने नदिने बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलाई भारतबाट लखेट्न भनेको कुरा सामाजिक संजाल र संचारमाध्यममा आएपछि त्यसको काउन्टरमा भिडियो सन्देश बनाएकी हुन् । उनले मोदीलाई स्पष्ट भनेकी छन्, बरु सीमामा गर्धन छिनिएला तर नेपालीभूमी नछोड्ने बताएकी छन् ।

भिडियोमा उनले नेपाल विश्‍वमा कहिलै गुलाम नभएको स्मरण गराउँदै भारतको पनि गुलाम नबन्ने बताएकी छन् । उनले नेपाललाई आफ्नी आमा समान मान्ने भन्दै नक्सामा लेख्दैनामा कालापानी-लिपुलेक गुम्न नदिने बताएकी छन् ।

हिन्दू भाषामै उनले नेपालीभूमी आफ्नो नक्सामा हाल्दैमा नहुेन भन्दै त्यसको लागि ज्यान दिने बताएकी छन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal