News Portal

वाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि अभिमुखिकरण

१५८ पटक

कैलाली । घोडाघोडी नगरपालिका वडा नं.३ र ७ मा सोमबार वाल अधिकार समितिका पधाधिकारीहरुलाई वाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकासका लागि सचेत समाज (सि.एस.एस.डि) र वर्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा वाल अधिकार समितिका पधाधिकारीहरुलाई वाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि अभिमुखिकरण गरेको हो ।

कार्यक्रममा वडा स्तरीय वाल अधिकार समिति, स्वास्थ्य स्वयमसेवीका, वाल क्वल, भल्मन्सा, वुद्धिजिविहरुको सहभागी थिए ।

समुदायका जोखिममा रहेका वाल वालिकाहरुको अधिकार, संरक्षणको लागि समुदायमा आधारित घटना दर्ता तथा सिफारिस र व्यवस्थापन प्रणलीको विकास गर्न सहभागीहरुमा क्षमताको विकास हुने भन्ने उदेश्यले कार्यक्रम गरीएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्