आज :

लिपुलेक-कालापानी प्रकरणः नेपाल-भारत सरकारविरुद्ध चर्को नारासहित नेविसंघद्वारा विरोध प्रदर्शन

काठमाडौं । आज सिमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

पशुपति क्याम्पस चावहिलबाट सुरु भएको विरोध प्रदर्शन चावहिल चोक, गौशालासहित विभिन्न ठाउँको परिक्रमापछि कोणसभामा परिणत भएको हो ।

प्रदर्शनका सहभागीहरुले भारतले नक्सा सच्याउनुपर्ने माग राखेका छन् । विद्यार्थीहरुले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारेको भन्दै त्यसको चर्को विरोध गरेका हुन् ।

नेविसंघले नक्सा नसच्चाए आन्दोलन चर्काउने चेतावनी दिँदै सरकारको ध्यानाकर्षणसमेत गराएको छ । भारतले सिमा मिच्दासमेत मुकदर्शक भएको, कुटनीतिक पहल नगरेको भन्दै सरकारविरुद्ध पनि चर्को नारावाजी गरेको छ ।

विद्यार्थीको आन्दोलनको कारण चावहिल, गौशाला क्षेत्रमा केही बेर यातायात अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal