आज :

जनयुद्धका घाइते योद्धा भट्टको निधन, यसो भन्छन् सहकर्मी

काठमाडौँ । जनयुद्धका घाइते योद्धाको समयमै उपचार हुन नसक्दा निधन भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–१ पाली निवासी टेकराज भट्ट ‘शक्ति’को निधन भएको हो ।

जनयुद्धमा जनमुक्ति सेनाको शहरी क्षेत्रमा परिचालित भएको विशेष फोर्समा कार्यरत शक्तिको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो । धनगढीमा उपचार हुन नसकेपछि उनलाई काठमाडौंको पाटन अस्पतालमा रिफर गरिएको थियो । सुरुमा पेटमा समस्या देखिएको थियो । तर, ढिला भइसकेको थियो ।
आफूले गोली खाएर ल्याएको गणतन्त्रमा पनि समयमै उपचार नपाउने अवस्था हुनु बिडम्बना भएको उनका सहकार्मीहरुले बताएका छन् । समयमै उपचार भएको भए शक्तिको उपचार हुने थियो । व्यक्तिगत रुपमा सुरु गरिएको उपचार प्रक्रियाले शक्तिको ज्यान जोगिएन ।

शक्तिका सहकर्मी तथा डडेल्धाराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट ‘विकास’ ले शक्ति इमान्दर, कुशल लडाकु भएको बताउँछन् । “सबै खाले लडाइँ जित्नु भयो, सबै खाले हतियारको सफलतापूर्वक मुकाविला गर्नु भो, जेल बस्नुभो,घाइते हुन तयार हुनुभो, संकटकालका कालजयी दिनमा थुप्रै मोर्चा लड्दै सकुसल रहनु भयो, जहाँ गयो त्यही वर्गबैरिका दिल दिमागमा निद खराब गर्नु भयो, दुश्मनका रकेट लंचर बम गोलाबारुद गोलीका अगाडि नढलेको योद्धा आज ढलेको छ” विकासले सामाजिक संजालमा लेखेका छन् ।

अर्का सहकर्मी तथा जनयुद्धका घाइते प्रेम बयक ‘पर्वत’ ले गणतन्त्रको लागि गोली खाने योद्धाको जीवन जोखिमपूर्ण हुँदा पनि सरकारलाई चाँसो नहुनु दुःखद् भएको बताएका छन् ।

“शक्तिले जनयुद्धको बखत समाजमा आमूल परिवर्तनका निम्ति लड्ने योद्धाहरुको स्वास्थ्य अवस्था र जिन्दगी निकै जोखिमपूर्ण हुँदासमेत कसैलाई चासो छैन । अहिलेसम्म थुप्रै घाइते अपाङ्गता योद्धाहरुको चिन्ताजनक मृत्यु अनि कष्टकर जीवनयापन गरिरहेकामा राज्यको कुनै प्रवाह छैन । गणतन्त्र ल्याउन बलिदान गर्ने योद्धाहरुको जीवन, स्वास्थ्य उपचार, परिवारको भरणपोषण बीमा याो गणतान्त्रिक सरकारले जिम्मेवारी लिनुपर्ने होइन र ? यसतर्फ प्रचण्ड र बादलको सक्रियता नेतृत्वदायी रहोस् ! आजको जे जस्तो परिवर्तन आएको छ यिनै योद्धा हरुको बलिदान का कारण आएको हेक्का रहोस्” पर्वतले लेखेका छन् ।

जनयुद्धमा घाइते भएका शक्तिले समयमै उपचार पाएको भए मृत्युको मुखमा पुग्न नपर्ने उनका परिवार पनि बताउछन् । गणतन्त्र ल्याउन घाइते भएका योद्धाहरुले गणतान्त्रिक सरकामा समयमै उपचार नपाउनु बिडम्बना हो ।

जनयुद्धको क्रममा शक्ति पूर्व नेपालको विराटनगरमा तत्कालिन शाही नेपाली सेनासँग भएको झडपमा खुट्टामा गोली लागेर घाइते भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal