आज :

कालापानीलाई अन्तर्राष्ट्रियकरण नगर्न प्रचण्डको सुझाव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानीको विषय अहिले नै अन्तरौष्ट्रियकरण गरे समस्या पैदा हुने बताएका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सोमबार यस्तो बताए । सीमा विवादको विषयलाई कूटनीतिक रुपमा समाधान गर्नुपर्नेसमेत उनले प्रष्ट पारे ।

‘सीमा विवादको विषयलाई अहिले अन्तर्राष्ट्रियकरण गरियो भने समस्या पैदा हुन सक्छ’, उनले भने,’त्यसैले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन, यो समस्याको समाधानका लागि राजनीतिक र कूटनीतिक पहल गर्नुपर्छ ।’

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि परेको विषयमा छलफल बैठकमा समितिले प्रधानमन्त्री केपी ओलीलाईसमेत बोलाएको थियो । तर, उनी बैठकमा उपस्थित हुन सकेनन् ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल उपस्थित थिईन् । सीमा मिचिएको विषयमा चारैतिर चर्चा भएपछि संसदीय समितिले पनि यसमाथि चासो लिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएर यो विषयमा छलफल गरिसकेका छन् । शनिबार बसेको सर्वदलीय बैठकले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूभाग हो भन्ने निष्कर्ष निकालिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal