आज :

नेकपाका जबस-मोर्चाको भारतीय दूतावासमा ज्ञापनपत्र, गुरुङसहित चारजना गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जबस र मोर्चाहरुले भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउदै छन् । ज्ञापनपत्रसहित विरोध र्यालीको तयारी गर्दैगर्दा मकर गुरुङसहित चारजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतीय दूतावसमा जान घण्टाघर अगाडिबाट प्रदर्शनको सुरु हुँदै गर्दा गुरुङ मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका गुरुङसहित उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

बाँकी रहेका प्रदर्शनकारीहरुले भारतविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले नेपालीभूमीमाथि गरिएको अतिक्रमणविरुद्ध बोल्दा समेत गिरफ्तार गरेको भन्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गर्न खोज्दैछन् भने प्रहरीले बल प्रयोग गरिरहेको छ । त्रिचन्द्र कलेज अगाडि तनावपूर्ण र झडपको अवस्था बनेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal