आज :

लिम्पियाधुरा, लिपुलेक-कालापानी हाम्रो हो, भारतीय नक्सा खारेज गर्नुपर्छः सचेतक रावल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका सचेतक अक्कल रावलले नेपालाई घुडा टेकाउन भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको बताएका छन् । उनले नयाँ सम्झौता गराएर नेपाल आफ्नै मुठीभित्र छ भन्ने देखाउन मोदी डिजाइन भएको दाबी समेत गरे ।

सुदूरपश्चिम प्रदेससभा सदस्य तथा संसदीय दलका सचेतक रावलले अनलाइन डबलीसँग कुरा गर्दै भने, “नयाँ सम्झौता गरेर नेपाल सरकारलाई घुडा टेकाउने र नेपाललाई आफ्नै मुट्ठीभित्र छ भनेर विश्व सामु देखाउने भारतीय मोदी डिजाइन अनुसार नयाँ नक्सा सार्वजनिक गरिएको छ, यो खारेज हुनुपर्छ ।” उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालीभूमी भएको एथेष्ट प्रमाण हुँदाहुँदै पनि भारतले अतिक्रमण गरेको भन्दै आपत्ति जनाए ।

सचेतक रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको स्थायी सदस्यको दवाव दिन सीमा विवाद झिकेको बताए । उनले भने, “भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यको लागि दवाव सिर्जना नयाँ नक्सा सार्वजनिक गरिएको देखिन्छ ।”

कुराकानीको क्रममा रावलले नेपालमा बढ्दै गएको चिनियाँ प्रभावलाई रोक्न अमेरिका र भारतको साझा अस्त्रको रुपमा नयाँ नक्सा सार्वजनिक गरिएको दाबी गरे । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको बेला भएको सहमति कार्यान्वयन गर्न रोक्न नयाँ कार्डको रुपमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको बताए । नक्सा सच्चाउन वा खारेज गर्न भारतले चीनसँग भएका सहमति कार्यान्वयन नगर्न सर्त राख्ने सक्ने भन्दै त्यसमा सबै सचेत हुनुपर्ने बताए ।

भारत ब्रिटिस उपनिवेशबाट मुक्त भएपनि नेपाललाई उही व्यवहार गर्दै आएको भन्दै सचेतक रावलले सुगौलीलगायत असमान सन्धीहरु खारेज गरिनुपर्ने बताए । उनले कालापानीबाट भारतीय सेना हट्नु पर्ने माग समेत राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal