आज :

नेपालबारे अमेरिकी रिपोर्ट खारेज गर्छौ, ओली साम्राज्यवादको टट्‍टुः विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपाल सम्बन्धी अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन खारेजीको घोषणा गरेका छन् । नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको आश्रयस्थल भएको भन्ने अमेरिकाको रिपोर्टको विप्लवले प्रतिवाद गरेका छन् ।

‘अमेरिकाको ‘प्रतिआतङ्कवाद ब्युरो’ ले २०१९ अक्टोबरमा प्रकाशित गरेको ‘आतङ्कवादबारे देशका रिपोर्टहरू २०१८’ (कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१८) मा उल्लेख गरिएको विषय नेपाली जनता र पार्टीको राजनीतिक स्वतन्त्रता एवम् अधिकारमाथि निर्लज्जतापूर्वक हस्तक्षेप भएको भन्दै विप्लवले घोर भत्सर्ना गरेका छन् । उनले रिपोर्ट झूट, भ्रामक तथा षड्यन्त्रपूर्ण भएको बताएका छन् ।

“अमेरिकाको ‘प्रतिआतङ्कवाद ब्युरो’ ले २०१९ अक्टोबरमा प्रकाशित गरेको ‘आतङ्कवादबारे देशका रिपोर्टहरू २०१८’ (कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१८) मा उल्लेख गरेको हाम्रो देश र पार्टीबारेको धारणा र विवरणप्रति पार्टीको ध्यान गम्भीर ढङ्गले केन्द्रित भएको छ । सर्वप्रथमतः अमेरिकी साम्राज्यवादले हाम्रो देश, नेपाली जनता र पार्टीको राजनीतिक स्वतन्त्रता एवम् अधिकारमाथि निर्लज्जतापूर्वक गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दै उक्त रिपोर्ट झूट, भ्रामक तथा षड्यन्त्रपूर्ण भएको स्पष्ट गर्दछ” विप्लवले विज्ञप्तिमा भनेका छन् । यसको प्रतिवाद गर्न अपील समेत विप्लवले गरेका छन् र
अमेरिकाले नेपाललाई अन्तर्राष्ट्रिय आतङ्कवादीहरूको आश्रयस्थल र आवतजावत गर्ने थलो भनेर बदनाम गरिरहँदा समेत सरकार सहेर बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोजना गरेका छन् । उनले ओली अमेरिकी साम्राज्यवादका टट्टु भएको समेत दाबी गरेका छन् ।

अमेरिकाले आफ्ना अग्रजहरुको विद्रोहलाई बिर्सेर कमजोर देशहरुलाई पैतलामुनी दबाउने घोर फासिस्ट र नीति लिएको विप्लवले विज्ञप्तिमा भनेका छन् । उनले अमेरिकाले विश्वशान्ति, प्रगति, प्रगति, मानवता र समृद्धिको मुख्य बाधक बनेर आतंक मच्चाइरहेको बताएका छन् ।

विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अमेरिका आफैँ उपनिवेशको दमनबाट फुत्किन बन्दुक उठाएर लडेको देश हो । आफ्ना अग्रजहरूको विद्रोहलाई बिर्सेर बीसौँ शताब्दीदेखि कमजोर देशहरूलाई पैतालामुनि दबाउने घोर फासिस्ट एवम् साम्राज्यवादी नीति लिएको छ । बेलायती युगको अन्त्य भएपछि अमेरिकी युग चलेको आतङ्क मच्चाइरहेको छ । ऊ नै विश्वशान्ति, प्रगति, मानवता र समृद्धिको मुख्य अवरोधक एवम् बाधक बनिरहेको छ । विश्वभरि चलिरहेका अशान्ति, युद्ध, विध्वंस, आतङ्क, नरसंहारको संरक्षक, सञ्चालक र स्रोत पनि अमेरिका नै बनेको छ । उल्टो उसले वास्तविक शान्ति, मानवता, स्वतन्त्रता, स्वाधीनता एवम् परिवर्तनका वाहक शक्ति श्रमिक जनता, कम्युनिस्ट पार्टी र जनक्रान्तिलाई आतङ्कवादीको असैह्य आरोप थोपर्ने गरेको छ । हालै हाम्रो जनप्रिय नेपाल कम्युनिस्ट पार्टीमाथि लक्षित गरेको पूर्णतः अस्वीकार्य एवम् अर्थहीन आरोप पनि यसैको एक भाग हो । लुट र अतिक्रमणको नेतृत्व गर्ने अमेरिकालाई यस्तो आरोप थोपर्ने न अधिकार छ, न त नैतिकता नै । वैज्ञानिक समाजवादी—साम्यवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी र श्रमिक वर्गका लागि यो औचित्यहीन छ ।”

वीरगन्जको भारतीय कन्सुलेट कार्यालयको पर्खालमा बम हानेर भत्काइदिएको, पोखराको एयरपोर्टमा बम हानेको, गाउँका सडकका पुलमा बम हानेर क्षति गरेको भन्ने झुट भएको भन्दै विप्लवले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले रिपोर्ट तयार गरिएको बताए । त्यस्तै विप्लवले नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूको आश्रयस्थल र आवतजावत गर्ने थलो कहिलै नभएको समेत बताएका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा आफ्नो पार्टी विश्व कम्युनिस्ट आन्दोलनको एक दस्ता भएको बताउँदै भनेका छन्, “अमेरिकाले बुझिराखोस् नेपाल कम्युनिस्ट पार्टी माक्र्सवाद—लेनिनवाद—माओवाद र एकीकृत जनक्रान्तिमा विश्वास राख्ने श्रमिक वर्ग र विश्व कम्युनिस्ट आन्दोलनको एक दस्ता हो । यो पार्टी पेरिस कम्युन, अक्टोबर क्रान्ति, जर्मन क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्तिको नेपाली प्रतिनिधि एवम् नेपाली क्रान्तिहरूको अगुवा हो । यसले यतिबेला दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ एकीकृत जनक्रान्तिको नेतृत्व गरिरहेको छ । यसले न आतङ्कवादमा विश्वास गर्छ, न त दासत्व र पराधीनतालाई नै स्वीकार गर्छ । जनता र देशलाई हानि एवम् क्षति पुग्ने एकरत्ति कार्य पनि गर्दैन तर जनता र देशको हित एवम् मुक्तिका लागि जुनसुकै सङ्घर्ष र त्याग गर्न तयार छ । आजसम्म जनता र देशको हितभन्दा बाहिर गएर बमको कुरा कल्पनै नगरौँ, एउटा सिन्को पनि भाँचेको छैन र भाँच्ने पनि छैन ।”

उक्त फेक रिपोर्टले शक्तिशाली भनेर प्रचार गरिएको भन्दै विप्लवले अमेरिकी रिपोर्टको कमजोर क्षमता मात्र उजागर गरेको र उसको पूर्वाग्रही, दुराशययुक्त र उत्तरसाम्राज्यवादी चरित्रको पनि पुष्टि गरेको बताएका छन. । उनले अमेरिकाले गम्भीर राजनीतिक अपराध गरेको समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal